कागेश्वरी नगरपालिकामा यस्तो बन्यो नेकपा एमालेको टिम

१९ वैशाख, काठमाडौं ।  स्थानीय निर्वाचनका लागि कागेश्वरि मनाेहरा नगरपालिकाका ९ वडामै नेकपा एमालेले आफ्ना उम्मेदवारी सिफारिस गरेको छ ।

जसमा नेकपा एमालेले मेयर देखि सदस्यसम्मको टिम तयार बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट रामशरण दुंगाना मेयरमा सिफारिस भएका छन् भने उपमेयरमा एमाले तर्फबाटै शान्ता थापाले आफ्नो उम्मेदवारी दिएकी छिन ।

कागेश्वरि मनाेहरा नगरपालिकाकामा बिभिन्न राजनीतिक दल र स्वतन्त्र गरि नगरप्रमुखमा १० जनाले मनोनयन दर्ता गराएका छ भने ७ जनाले उप-नगर प्रमुखमा मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै वडा अध्यक्षमा बिभिन्न राजनीतिक दल र स्वतन्त्र गरि ४९ जनाले उम्मेदवारी दिएका छन् भने खुल्ला सदस्यतर्फबाट ७७ जना मनोनयन दर्ता गराएका छन् ।  महिला सदस्यतर्फबाट ३७ जना र दलित महिला सदस्यबाट ३४ जनाले उम्मेदवारी दिएका छन् ।

कागेश्वरि मनाेहरा नगरपालिकामा मात्रै नेकपा एमालेबाट ४७ जनाले मनोनयन दर्ता गराएका छ । वडा नम्ब देखि ५ सम्म एमालेका उम्मेदवारको नाम यस प्रकार रहेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा निवर्तमान अध्यक्षमा मकुन्द प्रसाद गजुरेलले पुन: अध्यक्षमै आफ्नो उम्मेदवारी दिएका छन् । त्यस्तै खुल्ला सदस्यमा एमालेका  प्रेम तामाङ  र  कुमारध्वज खड्काले  उम्मेद्वारी दर्ता गराएका छन भने महिला सदस्यमा उजेली तामाङ उम्मेदवार  बनेकी छन।सो वडाको दलित महिला सदस्यबाट कविता रसाइली उम्मेदवार दिएकी छिन ।

वडा नं २ मा एमालेबाट शिवराम बस्नेले वडा अध्यक्षमा आफ्नो उम्मेदवारी दिएका छन् । त्यस्तै खुल्ला सदस्यमा प्राण नाथ फुयाल र राम बहादुर खड्का उम्मेद्वारी दर्ता गराएका छन । महिला सदस्य तर्फ बिन्दु नगरकोटीले उम्मेदवारी दिएकी छन् भने दलित महिला सदस्य मंजु सुनारले उम्मेदवार दिएकी छिन ।

वडा नं ३ एमालेबाट राममणि पुडासैनीले वडा अध्यक्षमा आफ्नो उम्मेदवारी दिएका छन्  ।त्यस्तै खुल्ला सदस्यमा राधाकृष्ण थापा र सुनकुमार नगरकोटीले उम्मेद्वारी दर्ता गराएका छन । महिला सदस्य रमा कालिका र दलित महिलासदस्यमा गोमा लोहारले मनोनयन दर्ता गराएकी छन् ।

वडा नं ४ एमालेबाट विजय श्रेष्ठले वडा अध्यक्षमा आफ्नो उम्मेदवारी दिएका छन्  । त्यस्तै खुल्ला सदस्यमा किरण पण्डित क्षेत्रीर  भीमबहादुर सिंखडाले उम्मेद्वारी दर्ता गराएका छन । महिला सदस्य शारदा पौडेल र दलित महिला सदस्यबाट  सबिता नेपालीले मनोनयन दर्ता गराएकी छन् ।

वडा नं ५  एमालेबाट लेखनाथ पुडासैनीले वडा अध्यक्षमा आफ्नो उम्मेदवारी दिएका छन्  । त्यस्तै खुल्ला सदस्य श्यामहरि पुडासैनी र शुसान्त श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन । महिला सदस्य तर्फबातट सरस्वती खनाल पोखरेल र दलित महिला सदस्यबाट गोमा रोक्का बिसुंखेले मनोनयन दर्ता गराएकी छन् ।

वडा नं ६ एमालेबाट उमेश अधिकारीले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै खुल्ला सदस्य अमृत कुमार खड्का र  प्रकाश ढुंगेलले उम्मेद्वारी दर्ता गराएका छन । महिला सदस्यतर्फबाट लक्ष्मी भुसाल कुइकेल दलित सदस्यतर्फबाट सिम्रन मग्रान्तिले मनोनयन दर्ता गराएकी छन् ।

वडा ७ एमालेबाट गंगा बहादुर थापाले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै खुल्ला सदस्य प्रभु भण्डारी र शम्भु प्रताप राणाले उम्मेद्वारी दर्ता गराएका छन । महिला सदस्यतर्फबाट शोभा कार्की दलित सदस्यतर्फबाट श्रीबिती सार्कीले मनोनयन दर्ता गराएकी छन् ।

वडा ८ एमालेबाट उमेश अधिकारी वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै खुल्ला सदस्य बिनय पण्डित, कुल राज सोडवाहाम्फेले उम्मेद्वारी दर्ता गराएका छन । महिला सदस्यतर्फबाट गुनकेशरी श्रेष्ठ कोइराला र सुनिता लम्साल खड्काले मनोनयन दर्ता गराएकी छन् ।

वडा ९ एमालेबाट रामहरि गौतम वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै खुल्ला सदस्य राजेन्द्र थापा र मधु थापाले उम्मेद्वारी दर्ता गराएका छन । महिला सदस्यतर्फबाट भगवती बस्नेत पाण्डे दलित सदस्यतर्फबाट सारा पुर्कुटीले मनोनयन दर्ता गराएकी छन् ।

[sidebar name="button post"]