थलीमा टिपर बाटोमुनिको छाप्रोमा खस्दा राँगा कुर्नका लागि बसेका दम्पतीको सुतिरहेको अवस्थामा मृत्यु

१९ असार, काठमाण्डौ। काठमाण्डौको थलीमा टिपर बाटो मुनिको छाप्रोमा पल्टिँदा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५३ वर्षका साइँला तामाङ र उनकी श्रीमती ५५ वर्षकी जयन्ती तामाङ रहेका छन् । टिपर चालक ३१ वर्षका गोविन्द घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कागेश्वरी मनहरा नगरपालिका–५ साँघु–चावहिल सडकखण्ड अन्तर्गत थलीमा टिपर सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको हो ।

शनिबार बिहान ४ बजेतिर साँघुबाट आउँदै गरेको बा ५ ख २५११ नम्बरको टिपर सडकबाट तल खसेको हो ।

बाटोमुनि रहेको छाप्रोमा टिपर खस्दा त्यहाँ राँगा कुर्नका लागि बसेका दम्पतीको सुतिरहेको अवस्थामा मृत्यु भएको हो ।

[sidebar name="button post"]