कागेश्वरी मनोहरा नगरपालिकामा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना पुष्टि

रमिता दंगाल / कागेश्वरी खबर

३ असार, काठमाण्डौ। कागेश्वरी मनोहरा नगरपालिकामा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससंगै कोरोना संक्रमितको कुल संख्या २०५६ पुगेको नगर प्रमुख कृष्णहरी थापाले सामाजिक संजाल फेसबुक मार्फत जनाकारी दिनु भएको छ।

अहिलेसम्म नगरपालिकामा दोस्रो लहरको नयाँ कोरोना भेरिएण्टबाट गत चैत्र १९ गते देखि २०७८ असार ३ गते सम्ममा नगरपालिका भित्र २०५६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी अहिलेसम्म एक हजार तीन सय ७० जना कोरोना संक्रमणमुक्त भएका प्रमुख थापाले बताउनु भयो। हाल नगरपालिकामा ६ सय ४० जना सक्रिय संक्रमित रहेको छन्।

त्यसैगरी अहिलेसम्म नगरपालिकामा ४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । त्यस्तै हाल ५९५ जना होम आइसोलेसनमा रहेका छन् भने ४५ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएका उहाँले बताउनु भयो।

कुन वडामा कति संक्रमित ?

१) कागेश्वरी मनाेहरा वडा नं. १ मा पुरूष – ४० जना महिला – २२ जना
२) कागेश्वरी मनाेहरा वडा नं. २ मा पुरूष – २७ जना महिला – ८ जना
३) कागेश्वरी मनाेहरा वडा नं. ३ मा पुरूष – २२ जना महिला – १४ जना
४) कागेश्वरी मनाेहरा वडा नं. ४ मा पुरूष – ४३ जना महिला – ३१ जना
५) कागेश्वरी मनाेहरा वडा नं. ५ मा पुरूष- ८५ जना महिला- ९३ जना
६) कागेश्वरी मनाेहरा वडा नं. ६ मा पुरूष- १९४ जना महिला- १४७ जना
७) कागेश्वरी मनाेहरा वडा नं. ७ मा पुरूष- १९२ जना महिला- १६७ जना
८) कागेश्वरी मनाेहरा वडा नं. ८ मा पुरूष १०५ जना महिला ९४ जना
९) कागेश्वरी मनाेहरा वडा नं. ९ मा पुरूष ४०६ जना महिला ४०८ जना

निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न नगर प्रमुख थापाले सम्पूर्ण नगरबासिहरुलाई अनुरोध गर्दै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न नगरबासीहरुलाई आग्रह गर्दै आउनु भएको छ।

[sidebar name="button post"]