१ असार, काठमाण्डौ। कागेश्वरी मनोहरा नगरपालिकाले सबै वडाको चालु आर्थिक बर्षको साउन महिनादेखि जेष्ठ मसान्तसम्मको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको छ । उक्त विवरण नगर प्रमुख कृष्णहरी थापाले सामाजिक सन्जाल मार्फत सार्वजनिक गर्नु भएको हो ।
नगर प्रमुख थापाले नगरपालिकाको चालु आ.व. २०७७।०७८ को साउन महिना देखि २०७८ जेष्ठ ३१ गते सम्मको आन्तरिक आम्दानी विवरण सार्वजनिक गर्नुभएको हो ।
वडा नं. १ गागल – ५५ लाख ३७ हजार ४ सय ६३ पैसा २४ मात्र ।
वडा नं. २ आलापोट – २३ लाख ९९ हजार ६ सय ८४ पैसा ९८ मात्र
वडा नं. ३ भद्रबास – २८ लाख ३१ हजार ९ सय २० पैसा ७० मात्र ।
वडा नं. ४ डाँछी – ५० लाख ८४ हजार ९ सय ३२ पैसा २९ मात्र ।
वडा नं. ५ थलि – ७८ लाख ६३ हजार ६ सय ६८ पैसा ८४ मात्र ।
वडा नं. ६ मुलपानी – १ करोड २४ लाख ९ हजार ६ सय ९३ पैसा ६४ मात्र ।
वडा नं. ७ अमरसिंग चोक – १ करोड ४३ लाख ६४ हजार ६७ पैसा ३७ मात्र
वडा नं. ८ तेजबिनायक – १ करोड १४ लाख ३ हजार २ सय ३३ पैसा ६१ मात्र ।
वडा नं. ९ गोठाटार – २ करोड ५ लाख ५२ हजार ८ सय ६३ पैसा ८५ मात्र ।
नगरपालिका – ६ करोड ५० लाख ५४ हजार ९ सय २० पैसा ६१ मात्र ।










