रमिता दंगाल / कागेश्वरी खबर
९ जेष्ठ , काठमाण्डौ। कागेश्वरी मनोहरा नगरपालिकामा आज थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससंगै दोस्रो लहरको नयाँ कोरोना भेरिएण्टबाट हालसम्म संक्रमितको कुल संख्या १२८७ पुगेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो।
हाल नगरपालिकामा कुल संक्रमित मध्ये ८२६ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै नगरपालिकामा ३ सय २१ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी हालसम्म कोरोना संक्रमणका कारण नगरपालिकाका ३६ जनाको मृत्यु भएको नगर प्रमुख थापाले जानकारी दिनु भयो।
कागेश्वरी मनोहरा नगरपालिका भित्र ९ वटा वडा रहेका छन्।
कुन वडामा कति संक्रमित ?
कागेश्वरी मनाेहरा वडा नं. १ मा पुरूष – १४ जना महिला – १० जना ।
कागेश्वरी मनाेहरा वडा नं. २ मा पुरूष – १६ जना महिला – ७ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ३ मा पुरूष – १३ जना महिला – १० जना ।
कागेश्वरी मनाेहरा वडा नं. ४ मा पुरूष – २९ जना महिला – १८ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ५ मा पुरूष – ४२ जना महिला- ६२ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ६ मा पुरूष – १०१ जना महिला- ७० जना ।
कागेश्वरी मनाेहरा वडा नं. ७ मा पुरूष – १०६ जना महिला- ९३ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ८ मा पुरूष – ६६ जना महिला ६१ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ९ मा पुरूष २७९ जना महिला २९० जना ।
त्यसैगरी नगर प्रमुख थापाले अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न र सजगता अपनाउन सबैमा नगरवासी समक्ष हार्दिक अनुराेध भएको छ।










