रमिता दंगाल
३ जेष्ठ, काठमाण्डौ। गत चैत २५ देखि वैशाख १५ गतेसम्म कोभिडविरूद्धको ‘भेरोसेल’ खोप पहिलो मात्र लिई सकेकालाई दोस्रो खोप हिजो देखि लगाउन सुरु गरिएको छ।
कागेश्वरी मनाेहरा नगरपालिका वडा नं. ९ मा रहेकाे गाेठाटार स्वास्थ्य चाैकीबाट आज खोप लगाउन सुरु गरिएको दोस्रो दिन २ सय 75 जनालाई दोस्रो चरणको भेरोसेल खोप प्रदान गरिएको नगर स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइरालाले जानकारी कागेश्वरी खबरलाई दिनुभयो। खोप लगाउने मध्ये महिला १ सय १४ जना र पुरुष एक सय ६१ जना रहेका छन्।
पहिलो दिन आइतबार गाेठाटार स्वास्थ्य चाैकीबाट २ सय ९७ जनाले दोस्रो चरणको भेरोसेल खोप लगाएका थिए।
खोप यही जेठ ११ गतेसम्म लगाउने जनाइएको छ ।











