१ जेष्ठ, काठमाण्डौ। कागेश्वरी मनोहरा नगरपालिकाका ९५ जनाले कोरोना जितेर घर फर्केका छन्। दोस्रो लहरको नयाँ कोरोना भेरिएण्टबाट २०७७ चैत्र १९ गते देखि २०७८ वैशाख ३१ गते सम्ममा ७६८ जनामा सक्रमण पुष्टि भएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो। त्यस मध्ये ९५ जनाले कोरोनालाइ जितेर घर फर्किएका हुन्।
हाल नगरपालिकामा कुल संक्रमित मध्ये ६५८ जना सक्रिय संक्रमित छन्। कोरोना संक्रमणका कारण हाल सम्म नगरपालिकाका १५ जनाको मृत्यु भएको उहाँले जानकारी दिनु भयो।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १ मा १२ जना,वडा नं. २ मा १३ जना, वडा नं. ३ मा १० जना, वडा नं. ४ मा २६ जना, वडा नं. ५ मा ५० जना,वडा नं. ६ मा ९२ जना,वडा नं. ७ मा १०९ जना, वडा नं. ८ मा ५७ जना र वडा नं. ९ मा ३९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै नगरपालिकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएकाले निषेधाज्ञाको अवधि भर अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न थापाले नगरवासी समक्ष अनुरोध गर्नु भएको छ।











