२८ वैशाख, काठमाण्डौ। कोरोना महामारीका कारण कागेश्वरी मनोहरा नगरपालिका भित्र एतिहासिक रुपले वैशाख चतुर्दर्शीदेखि अक्षय तृतीयाको दिनसम्म मनाउँदै आएको गणेश भैरब तथा भीमसेन जात्रा नियमित नित्य पुजा गरि मनाइने भएको छ।

हिजो देखि सुरु भएको जात्रा पाँच दिनसम्म मनाउने चलन रहिआएको स्थानीय राम प्रसाद श्रेष्ठले बताउनु भयो। नगरपालिकाको मापदण्डलाई मध्य नजर गर्दै जात्रा मनाउन लागिएको स्थानीय श्रेष्ठले जानकारी दिनु भयो।

कोरोना महामारीकै कारण पोहोर पनि यस जात्रा स्थगित भएको थियो त्यसैले यो बर्ष पनि नमनाउँदा अर्को बर्ष मनाउन नपाइने भएकाले सामान्य प्रक्रिया मात्र पुर्याउने हिसाबले जात्रा मनाउने पनि उहाँले बताउनु भयो। यसपाली रथ मै राखेर घुमाउने उहाँको भनाई थियो।












