Ad #144479

गुडिया शाह

कागेश्वरी मनोहरा नगरपालिका ८ का स्थानीयबासिन्दा उत्तम पुडासैनी करिब ५ बर्षको लामो समयदेखि सडकमा छाडा रुपमा छोडिएका गाईबस्तुहरुको सुरक्षा गर्दै आउनुभएको छ। यसरी छोडिएका भोक भोकै रहेका गाई बस्तु देख्दा उहाँलाई पिरोल्ने गर्छ। अरुले जसरी गुनासो गर्ने फुर्सद छैन उहाँलाई। बि.स. २०७६ जेठ १ गते देखि उहाँले गाई बस्तुको हेरचाहको लागि छुट्टै स्थान बनाएर संस्थागत रुपमा काम गर्दै आउनु भएको छ । हाल उहाँको संस्थामा एक सय गाईबस्तुले संरक्षण पाइरहेका छन्।

पुडासैनीले गाईबस्तु संरक्षणका लागि अभियान नै सुरु गर्नुभएको झन्डै दुई बर्ष भैसकेको छ । सडकमा छाडा छोडिएका अपाङ्ग गाई बस्तुलाई सहारा दिंदै आउनु भएको छ। उहाँले आफ्नो संरक्षणस्थल सम्म डोहोर्‍याएर लग्नु हुन्छ र आबश्यक उपचार गरेर पाल्ने गर्नुहुन्छ । कतिपय मानिसहरुले स- साना गाईबस्तुलाई सडकमा बिचल्ली बनाएर छोडेका हुन्छन। यो देख्दा पुडासैनीको मन रुन्छ।

धेरै मानिसहरु आफ्नो जन्म दिनमा केहि पैसा ,पिठो ,पराल ,औसधि ,तथा अरु अन्य चाहिने समान लगेर दान गर्ने गर्छन। उहाँ भन्नुहुन्छ ,’यसले पनि गाई बस्तुको हेरचाहमा केहि राहत मिल्छ। ‘ उहाँ संगसंगै अरु नौ /दस जना गाईबस्तुको रेखदेखमा खट्नु हुन्छ। बिहान ६ बजे दखि बेलुका १० बजे सम्म गाईबस्तुलाई खाना दिने, बिरामी बस्तुलाई हिटर बालेर न्यानो बनाउने देखि लिएर हरेक काम गर्ने गर्नुहुन्छ ।त्यस्तै विभिन्न ठाउँबाट असहाय बस्तुलाई ल्याउन मद्दत गरेका छन्।

उहाँले फेसबुक मार्फत मानिसहरुलाई जानकारी गराउने गर्दै आऔनु भएको छ जसले गर्दा धेरै मानिसहरु आफ्नो जन्मदिनमा त्यहाँसम्म गएर केहि सहयोग गर्ने गर्नुहुन्छ । अझै पनि सडकमा हेरे बिरामी, बिचल्ली गाइबस्तुहरु भेटि रहेका छन् र यस्तो अवस्था भएको बस्तु देख्नासाथ उहाँ आफ्नों संस्थामा लैजाने गर्नुहुन्छ । यसरी उहाँले बेसाहारा गाइबस्तुको आफ्नो सन्तानलाई जस्तै हेरचाह र सुरक्षा दिंदै आउनुभएको छ।

त्यस्तै उहाँले हिजो पौष २९ गते पनि उहाँले पशुपति गुहेश्वरीबाट खुट्टा भाँचिएको एउटा गाई र सानो बाच्छोलाई ल्याउनु भएको छ। उहाँ आफु र आफ्नो संस्थाको भोलुण्टरहरु मिलेर उनीहरुको लागि अन्नपानी दिने कामहरु गर्नुहुन्छ । दैनिक गाईबस्तुको लागि लगभग ५००० सम्म खर्च लाग्ने उहाँ बताउनुहुन्छ । उहाँले आज सम्म कहीं कतैबाट सहयोग नलिकन आफ्नै बलमा आज सम्म खर्च जुटाउँदै आउनुभएको बताउनु हुन्छ।

उहाँको संस्थामा दिनहुँ हेरचाहको लागि डाक्टर समेत आउनु हुन्छ। गाईबस्तु बिरामी भएको अबस्थामा भलुण्टरद्वारा डाक्टरको सहयोग लिएर पछि बिस्तारै पैसा चुक्ता गर्ने गर्नुहुन्छ । धेरै मानिसहरुले यस्ता बस्तुलाई लगेर मासु खाने गर्छन त्यसैले यो सब देख्न सहन नसकेर उनीहरुको सुरक्षाको लागि सो संस्था खोलेर अभियान नै सुरु गरेको अभियन्ता पुडासैनी बताउनुहुन्छ । पुडासैनीको यो अभियानले गाईबस्तुलाई अन्नपानी र छानो मिलेको छ ।