आलापोट खानेपानी व्यवस्थापन समाजमा शिबराम बस्नेत पुन अध्यक्षमा चयन

२९ पुष, काठमाडौं । आलापोट खानेपानी व्यवस्थापन समाजको चौंथो साधारण सभाबाट शिबराम बस्नेत पुन अध्यक्षमा चयन हुनु भएकको छ।

बस्नेत लामो समयदेखि खानेपानी व्यवस्थापनमा लाग्दै आउनु भएको छ। सभाले शिवराम बस्नेतको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा खानेपानी वितरण गर्न दुई लाख ३० हजार लिटर क्षमताको ट्याङ्की र फिल्टर निर्माण गरिएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रका तीन मूलको पानी सङ्कलन गरेर वडा नं १ स्थित गागलफेदीमा ट्याङ्की र फिल्टर निर्माण गरिएको हो ।

खानेपानीको व्यवस्थापन आलापोट खानेपानी व्यवस्थापन समाजले गर्दै आएको छ ।

[sidebar name="button post"]