तिहारपछि सुनको मूल्यमा लगातार गिरावट

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

५ मङ्सिर, काठमाडौं। पछिल्लो केहिदिन देखि नेपाली बजारमा सुनको मूल्य घट्बढ भइरहेको छ। शुक्रबार सुनको मूल्यमा ४ सयले घटेको छ।

तिहारपछि सुनको मूल्यमा लगातार गिरावट भएको छ। शुक्रबार छापावाल सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

 


  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares