५ मंसिर, राजविराज । कोरोना भाइरसको संक्रमणबाट बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वृद्धाको मृत्यु भएको छ । सप्तरीकी संक्रमित वृद्धाको धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
बिहीबार राति साढे ८ बजे बोदेबर्साइन ३ की ७१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया भएकी उनी बिहीबार अस्पताल भर्ना भएकी थिइन् । उनलाई बिहीबार नै कोरोना संक्रमण पुष्टि भएको थियो।
[sidebar name="button post"]








