संक्रमणबाट होटेल संघ नेपाल हानका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु

५ मंसिर, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट होटेल संघ नेपाल हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको ज्यान गएको छ । ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ओम अस्पतालमा मृत्यु भएको हो ।

हानका सदस्य युवराज श्रेष्ठका अनुसार दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनियाँ समेत देखिएको थियो । शाक्य सोल्टिमोडस्थित अमर होटेलका संचालक हुन् । उनका एक छोरा डाक्टर हुन् । छोराकै निगरानीमा उपचार गराइरहेका उनी केही दिनदेखि स्वास्थ बिग्रिएपछि ओम अस्पतालमा भर्ना भएका थिए ।

तर ओम अस्पताल लगिएको उनको ज्यान जोगिन सकेन । शाक्यको निधनमा होटल संघले दुःख व्यक्त गरेको छ ।

[sidebar name="button post"]