किसान उधोगी विवाद साम्य हुन नपाउदै अर्काे विवाद चर्काीयो

 ‘सदावाहर’जस्तो चलिरहने चिया विवाद फेरि बल्झिएको छ । केही महिना अघि मात्र शुरु भएको किसान–उद्योगी विवाद साम्य हुन नपाउँदै सूर्योदय नगरपालिकामा अर्को विवाद चर्केको छ ।
केही दिनअघि नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, नगरपालिकाको चिया शाखा सचिवालय संयोजक देवेन्द्र शर्मा, चिया तथा कफी बोर्डका प्रमुखसहितको टालीे उद्योगमा पुगेर अनुगमन गरेपछि विवाद बाहिरिएको हो ।
नगरपालिकाको कार्यविधिमा किसानको हरियो चियापत्तीको मूल्य प्रति किलो रु ४० न्यूनतम दिनुपर्ने प्रावधान कार्यान्वयनमा आए÷नआएको जानकारी लिन अनुगमन गरिएको थियो तर, न्यूनतम मापदण्ड पूरा नभएको भन्दै नगरपालिकाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि उद्योगीले आफूहरूको इज्जतमाथि आँच आउने काम गरेको भन्दै आपत्ति जनाएका हुन ।
उद्योगीको सङ्गठन सूर्योदय टी प्रोडक्सन एशोसिएशनले विज्ञप्ति निकाल्दै अनुगमनका क्रममा उद्योगी, मजदूर र किसानबीच ‘असामान्य परिस्थिति सिर्जना गरेको’ बताइएको छ । “उद्योग परिसरमा किसान, मजदूर भेला गराई नगरपालिकाले अभद्र व्यवहार गरेको”, एशोसिएशनबाट निकालिएको विज्ञप्तिमा भनिएको छ ।
नगरपालिकाले भने एशोसिएशनमार्फत सञ्चालित उद्योगले मापदण्डअनुसार काम नगरेको र त्यसबारेमा आफूहरूले सचेतना जगाइएको बताएको छ । नगरपालिकाले बनाएको मापदण्ड उद्योगले कार्यान्वयन नगराएको भन्दै किसानले आन्दोलन गर्दै आएका थिए । उद्योगीले विभिन्न बाहनामा किसानको चियाको मूल्य ‘अत्यन्तै कम्ती’ दिने गरेको किसानले बताएका छन् ।
‘सदावाहर’जस्तो चलिरहने विवाद चर्काीयो चिया विवाद फेरि बल्झिएको छ । केही महिना अघि मात्र शुरु भएको किसान–उद्योगी विवाद साम्य हुन नपाउँदै सूर्योदय नगरपालिकामा अर्को विवाद चर्केको छ । केही दिनअघि नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, नगरपालिकाको चिया शाखा सचिवालय संयोजक देवेन्द्र शर्मा, चिया तथा कफी बोर्डका प्रमुखसहितको टालीे उद्योगमा पुगेर अनुगमन गरेपछि विवाद बाहिरिएको हो ।
नगरपालिकाको कार्यविधिमा किसानको हरियो चियापत्तीको मूल्य प्रति किलो रु ४० न्यूनतम दिनुपर्ने प्रावधान कार्यान्वयनमा आए÷नआएको जानकारी लिन अनुगमन गरिएको थियो तर, न्यूनतम मापदण्ड पूरा नभएको भन्दै नगरपालिकाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि उद्योगीले आफूहरूको इज्जतमाथि आँच आउने काम गरेको भन्दै आपत्ति जनाएका हुन । उद्योगीको सङ्गठन सूर्योदय टी प्रोडक्सन एशोसिएशनले विज्ञप्ति निकाल्दै अनुगमनका क्रममा उद्योगी, मजदूर र किसानबीच ‘असामान्य परिस्थिति सिर्जना गरेको’ बताइएको छ ।
“उद्योग परिसरमा किसान, मजदूर भेला गराई नगरपालिकाले अभद्र व्यवहार गरेको”, एशोसिएशनबाट निकालिएको विज्ञप्तिमा भनिएको छ । नगरपालिकाले भने एशोसिएशनमार्फत सञ्चालित उद्योगले मापदण्डअनुसार काम नगरेको र त्यसबारेमा आफूहरूले सचेतना जगाइएको बताएको छ । नगरपालिकाले बनाएको मापदण्ड उद्योगले कार्यान्वयन नगराएको भन्दै किसानले आन्दोलन गर्दै आएका थिए । उद्योगीले विभिन्न बाहनामा किसानको चियाको मूल्य ‘अत्यन्तै कम्ती’ दिने गरेको किसानले बताएका छन्