महिनौदेखिको लकडाउन अन्त्य भएसँगै बन्द रहेका त्रिभुवन विश्वविद्यालयका क्याम्पस बुधबारदेखि खुलेका छन्। त्रिवि रजिष्ट्रारको कार्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीका अनुसार आजदेखि क्याम्पसहरू खुलेका तर पठनपाठन भने सुचारू भएको छैनन् ।
मंगलबार राति १२ बजेदेखि लकडाउन अन्त्य भएको घोषणा गरेपछि क्याम्पसहरू खुलेका छन् भने प्रशासन गत असार १ गतेदेखि नै खुलेको थियो। क्याम्पसका शिक्षक र कर्मचारीलाई लकडाउनका बेला बिदा दिइएको थियो ।
बुधबारबाट बिदा सकिएको र स्थगित भएका स्नातक र स्नातकोत्तर तहका परीक्षा र पठनपाठन कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल भैरहेको अधिकारीले बताए। कोरोना कम हुँदै गयो भने एकदुई दिनमा पूरानै प्रणालीअनुसार परीक्षाबारे निर्णय लिइने भएको छ ।
भदौ पहिलो साता परीक्षा लिने गरी त्रिविले बैठक बसेपछि मात्रै परीक्षाको मिति र कार्यतालिका जारी गर्ने परीक्षा नियन्त्रक जोशीले जानकारी दिए।