धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३२.४२ अङ्कले बढेर एक हजार ३९४.७७ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ६.८१ अङ्कले बढेर २९५.०६ मा पुगेको छ । आज कूल १८० कम्पनीका २९ लाख १४ लाख ५१८ कित्ता शेयर रु एक अर्ब चार करोड १७ लाख ७० हजार ८६७ मा खरिदविक्री भयो ।
आज कारोबार भएको १२ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४०.९९, व्यापार १३.९१, होटल १२.२६, विकास बैंक ६०.०५, जलविद्युत् ९.९२, वित्त १६.८२, निर्जीवन बीमा ७९.३७, उत्पादन ४५.५५, अन्य ६.७९, लघुवित्त ६.४८, जीवन बीमा १३४१.१५ र सामूहिक लगानी कोष ०.०३ अङ्कले बढेको छ ।
[sidebar name="button post"]









