सेयर बजारमा कुन कुन आइपीओ आउँदै, कुन कम्पनीको कति ?

काठमाडौं : पछिल्लो समय सर्वसाधारणमा आइपीओ आकर्षण अत्याधिक देखिएको छ । धितोपत्र बोर्डमा आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् । पाइपलाइनमा रहेका मध्ये १२ जलविद्युत समूहका र ३ वटा लघुवित्त कम्पनीहरु छन् ।

नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या अहिले १६ पुगेको छ । बोर्डको रेकर्ड अनुसार १६ कम्पनीले ४ अर्ब ४६ करोड ७७ लाख ६३ हजार ४०० रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका छन् ।

पछिल्लो समय आइपीओ जारी भएका कम्पनीमा १८ लाख भन्दा बढी पनि आवेदन परेको थियो । सीडीएससीको पछिल्लो तथ्यांक अनुसार डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ३३ लाख ८३ हजार ६६९ पुगेको छ ।