निषेधाज्ञाको पहिलो दिन सुनको मुल्य बढ्यो, कति छ आजको बजारभाउ ?

१६ वैशाख, काठमाण्डौ। नेपाली बजारमा सरकारले उपत्यकामा निषेधाज्ञा लगाएको पहिलो दिन बिहीबार सुनको मूल्य तोलामा रु ३०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो । बिहीबार तेजाबी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा १३१५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा १३०५ रुपैयाँमा कारोबार भएको थियो ।