निषेधाज्ञामा अनावश्यक हिँडडुल गर्ने १४५७ जना कारबाहीमा

१६ वैशाख, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा आज बिहानदेखि लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका लागि कडाइ गरिएको छ । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । सुरक्षाकर्मीले सुरक्षा चेकजाँचलाई कडा पारेका छन् ।

निषेधाज्ञामा अनावश्यक हिँडडुल गर्ने १४५७ जना कारबाहीमा बिहीबारदेखि लागुनिषेधाज्ञाको उल्लंघन गर्दै विना काम सडकमा निस्किएको आरोपमा एक हजार ४५७ जना कारबाहीमा परेका छन् ।

निषेधाज्ञाको कार्यान्वयनका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी महाशाखा र सशस्त्र प्रहरी बलको टोली खटिएको छ । बिहीबारदेखि लागु निषेधाज्ञा एकसातासम्म जारी रहनेछ । आज अत्यावश्यक बाहेकका गाडीलाई होल्ड गरिएको छ भने मास्क नलगाइ हिड्ँनेलाई सम्झाइ बुझाइ गरिएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लगाएको छ ।

[sidebar name="button post"]