कागेश्वरी मनोहराको स्वास्थ्य अवस्था : स्वास्थ्य स्वंयमसेविका गिता चौलागाई भन्नुहुन्छ,‘अहिले कोभिड १९ कै पछि दौडिरहेका छौ’

कबिता चापागाईं

‘घरै पिच्छे हिडिराख्नु पर्ने हाम्रो पेशा सरकारले सुरक्षित हुने केहि पनि उपकरणहरु दिएको छैन । हामीहरुले नै रोग ल्याउछौ भनेर घर गाउँमा गुनासो छ । यदि हामीलाई नै रोग लाग्यो भने हाम्रो परिवारलाई कसले हेर्छ ?’ स्वास्थ्य स्वंयमसेविका गिता चौलागाई ।

काठमाण्डौ

काठमाण्डौ उपत्यकामा कोरोना संक्रमित बढेका बढ्यै छन् । अरु नगरपालिकामा जस्तै कागेश्वरी मनोहरा नगरपालिकामा पनि कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाकामा संक्रमण घटाउने, जनचेतना बढाउने, खोप कार्यक्रम लगाएतका काम प्रभावकारी भैरहेको जनस्वास्थ्य अधिकृत कुमारसिंह दंगीको दावी छ । कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत स्वास्थ्य सम्बन्धी काम गर्नको लागि १ सय १८ जना स्वास्थ्य स्वंयमसेवीका खटिदै आएका छन् ।

स्वास्थ्य चौकीको विवरण

नगरपालिका भित्र ५ वटा स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित नगर अस्पताल) र ३ वटा सहरी स्वास्थ्य केन्द्र रहेका छन् । जसमा वडा नं १ मा गागल स्वास्थ्य चौकी, वडा नं २ मा आलापोट स्वास्थ्य चौकी, वडा नं ३ मा भद्रवास स्वास्थ्य चौकी, वडा नं ४ मा सहरी स्वास्थ्य केन्द्र, वडा नं ५ मा डाँछी स्वास्थ्य चौकी, वडा नं ६ मा मुलपानी प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ७ मा सहरी स्वास्थ्य केन्द्र, वडा न ८ मा सहरी स्वास्थ्य केन्द्र र वडा न ९ मा गोठाटार स्वास्थ्य चौकी रहेका छन् । स्वास्थ्य अधिकृत दंगीका अनुसार यस नगरपालिकाले हरेक वडामा आवश्यकता अनुसार स्वास्थ्य स्वंयमसेवीका छन् ।

स्वास्थ्य स्वंयमसेवीकाको काम

अहिलेको कोरोना महामारीलाई ध्यानमा राख्दै सबैलाई सुरक्षित रहन जनचेतना सहित विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम ल्याइरहेको नगरपालिकाले जनाएको छ । आफ्नो व्यक्तिगत तहबाट पनि लागि परेको र यस महामारीमा नगरपालिका भित्र महिला स्वास्थ्य स्वंयमसेविकाहरुले काम गरेको भन्दै अधिकृत दंगीले कामको प्रसंसा गर्नुभयो ।

वडा नं ३ भद्रवास स्वास्थ्य चौकी अन्तर्गतको महिला स्वास्थ्य स्वंयमसेवीका गिता चौलागाई भन्नुहुन्छ,‘आफुले सकेजति वडावासीहरुलाई सेवा पु¥याउँदै आईरहेकी छु । अहिलेको कोरोना महामारीमा घरबाट बाहिर हिडिराख्ने अवस्था छैन । तैपनि हामीले आ आफ्नो ठाउँबाट गर्ने काम भइरहेको छ ।

यो अवस्थामा सबैलाई सुरक्षित राख्न आफ्नो वडामा कस्ता मान्छेहरु भित्रिएका छन्, कुन ठाउँबाट आउनु भएको छ, कसलाई के समस्या छ ति सबै बुझ्दै आइरहेकी छु । वडामा विभिन्न उमेर समुहका मानिसहरु रहेकोले बच्चादेखि बुढाबुढीलाई कस्तोे समस्या छ, गर्भवतीहरुको अवस्था के कस्तो छ यसको बारेमा आफ्नो क्षेत्र हेरेर घर घरमा पुगेर काम गर्दै आईरहेका छौ । हामी यस वडामा स्वास्थ्य सम्बन्धी सेवा पु¥याउदै आएका जम्मा १३ जना स्वास्थ्य स्वंयमसेविका छौ ।’

कोरोना महामारीमा स्वास्थ्य स्वंयमसेविकाका अप्ठारा

पहिला सरकारले गरेको लकडाउनका बेला घरै पिच्छे गएर माक्स, सेनिटाइजरहरु वितरण भयो । नगरवासीहरुलाई स्वास्थ्य मन्त्रालयका एपहरु डाउनलोड गर्न र आवश्यकता अनुसार घरैपिच्छे चेकजाँच गर्ने काम भयो । विदेशबाट आएकाहरुलाई नगरपालिकामा नाम टिपाएर विभिन्न ठाउँमा चेकजाँचको लागि पठाउने काम स्वास्थ्य स्वंयमसेविकाले गरेका चौलागाईले बताउनुभयो ।

अहिले सरकारले गरेको निषेधाज्ञामा भने पहिलाको जस्तो काम भएका छैनन् । घर भित्रै बस्नुपर्ने अवस्था छ । उहाँले भन्नुभयो,‘विरामी परेकाहरुलाई स्वास्थ्य चौकीमा झिकाई उपचार गर्नुका साथै केहि जटिल समस्या परेकाहरुलाइ अनलाईनमा डाक्टरहरुसँग समन्वय गराइ उपचार भईरहेको छ ।’

तर पनि अप्ठ्यारोमा परेकाहरुसँग फोन मार्फत कुराकानी हुँदै आएको छ । यो समयमा खोप लगाउनुपर्ने बच्चा र गर्भवती महिलाहरु बढि आत्तिएका हुनाले उहाँहरुलाई सर सल्लाह दिईरहने काम भइरहेको छ र अन्य समस्या भएका व्यक्तिहरुलाई पनि हेर्दै आएको उहाँले बताउनुभयो ।

स्वंयमसेविकाको सरकारप्रतिको अपेक्षा

चौलागाई भन्नुहुन्छ,‘हामी रात दिन काम गरिरहेका हुन्छौ, हामी आफैको सुरक्षा छैन । हुन त हामीले निस्वार्थ भावनाले काम गर्नुपर्ने हो तर अहिलेको अवस्थामा त्यसरी नहुने रहेछ । अहिले कोभिड १९ कै पछि दौडिरहेका छौ । आफ्नो घर र समाजबाट पनि दवाव आईरहेको छ ।

घरै पिच्छे हिडिराख्नु पर्ने हाम्रो पेशा सरकारले सुरक्षित हुने केहि पनि उपकरणहरु दिएको छैन । हामीहरुले नै रोग ल्याउछौ भनेर घर गाउँमा गुनासो छ । यदि हामीलाई नै रोग लाग्यो भने हाम्रो परिवारलाई कसले हेर्छ ? हामीले निस्वार्थ भावनाले काम गरे पछि हाम्रो सुरक्षा हुनुप¥यो, यदि रोग लाग्यो भने राज्य, नगरपालिका र वडाबाट यस्तो सुविधा चाहिँ गरिदिन्छ भन्ने भयो भने हामीलाई काम गर्न पनि सजिलो हुन्थ्यो ।

हामीले राज्यबाट ठुलो अपेक्षा पनि गरेका छैनौ, सामान्य आफुले पाउने सुविधाहरु मात्र दिए हुन्थ्यो जस्तो लाग्छ । साथै अहिले होम क्वारेन्टीनमा बस्ने मानिसहरुलाई धेरै गाह्रो परेको छ । उहाँहरुलाई खानाकै समस्या भइसकेको हुनाले यस तर्फ पनि सरकारको ध्यान जाओस् भन्ने अपेक्षा राखेका छौ ।

[sidebar name="button post"]