नेपालमा थप ८५५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि

भाद्र ९, काठमाडाै। पछिल्लो २४ घण्टामा नेपालमा थप ८५५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गरिएकोमा ८५५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिनुभयो ।

कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ।

[sidebar name="button post"]