भाद्र ९, काठमाडाै। काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।
बितेको २४ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिनुभयो ।।
[sidebar name="button post"]









