तीजको दरमा स्वस्थकर खानेकुराहरु मात्र खान डाक्टर अरुणा उप्रेतीको सुझाब

रमिता दंगाल

आज हरितालीका तीज हिन्दू नारीहरुको दर खाने दिन हो। तीजको ब्रत बस्ने महिलाहरुले अघिल्लो दिन खाने मीठा मीठा परिकारलाई दर भन्ने गरिन्छ ।

दर भन्ने शब्द चाँही दरिलो भन्ने अर्थात् भोलिपल्ट व्रत बस्न पर्ने हुनाले त्यसको एकदिन अगाडी अलिक दरिलो खाएर भोलिपल्ट व्रत बस्दा कमजोर नहोस भन्ने विचारले दर खाने गरिएको चिकित्सक अरुणा उप्रेती बताउनु हुन्छ।

दर खाने भनेर राति बाह्र , एक बजे सम्म एकदमै चिल्लो ,पिरो ,मसलेदार मासु अथवा धेरै गुलियो हालेको परिकार खानु स्वास्थ्यको लागि उचित नभएको डाक्टर उप्रेती बताउनुहुन्छ।

उँहाको अनुसार तीजको दर पारिवारिक जमघटमा रमाइलो गरी मनाउने हो तर अहिले यो कोरोनाको बेलामा बाहिरबाट आफन्त ,साथीहरु बोलाएर मनाउन सक्ने सम्भावना नरहेकाले घरमै आफ्नो परिवार सँग रमाइलो गरेर मनाउन पनि सुझाब दिनु भएको छ।

त्यसैगरी तीजको दरमा विभिन्न किसिमको साधारण खानाहरु ,स्वस्थकर खानेकुराहरु जसले शरीरमा रोगसँग लड्न सक्ने शक्ति दिन्छ त्यस्तो किसिमको खानेकुरा खानुपर्ने ,टुसा उमारेको खाने कुरा गेडागुडी ,झोल पदार्थ ,हरियो तरकारी ,कागती ,आलस ,तिल हालेको अचार खानु स्वास्थ्यको लागि उचित रहेको र यदि कसैले मासु खानुहुन्छ भने धेरै चिल्लो, पिरो,मसला नहालेको मासु खाँदा स्वस्थकर रहेको चिकित्सक अरुणा उप्रेतीले सुझाब दिनुभएको छ।

दरको नाममा धेरै अटेस-मटेस हुने सम्म गरी खान नहुने र आज पौष्टिक कुरा धेरै खाएर भोली दिनभर निराहार बस्दा स्वास्थ्य बिग्रन सक्ने पनि उँहाले सुझाब दिनुभएको छ।

तर यसपाली कोभिड १९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण जोखिमका कारण विगतमा जस्तो रौनक र चहलपहल छैन ।

कोरोनाको सङक्रमण बढ्दै गएकाले घरमै बसेर चाडपर्व मनाउन र पूजा प्रार्थना गर्न, पाहुना नबोलाउन, जमघट गरेर रमाइलो नगर्न वा आस्थाका आधारमा धार्मिक समारोहमा भिडभाड नगर्न पटक पटक सचेत गराउँदै आएको छ ।

[sidebar name="button post"]