आज श्रीकृष्णाष्टमी पर्व मनाईद‌ै

साउन २७,आज श्रीकृष्णाष्टमी पर्व मनाईद‌ैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्णाष्टमीको मध्यरातमा भएको सम्झनामा आज उहाँको पूजाआराधना गरी जन्माष्टमीपर्व मनाईदैछ ।

द्वापरयुगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानवजातिको उद्धार गर्न वसुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । आज पशुपति, पाटनकाे कृष्ण मन्दिर सहित श्रीकृष्ण मन्दिरमा भक्तजन तथा दर्शनार्थीकाे भिड लाग्ने गर्छ ।

तर यसपालि काेराेना संक्रमण जाेखिमका कारण चहलपहल छैन । सरकारले घरमै बसेर चाडपर्व मनाउन, भिडभाड नगर्न आग्रह गर्दै आएकाे छ । श्रीकृष्णाष्टीका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगाएतले शुभकामना व्यक्त गर्नुभएको छ ।

[sidebar name="button post"]