साउदी अरबमा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका ९५ जना नेपालीलाई कार्यरत कम्पनीका तर्फबाट रु चार करोड ६४ लाख बराबरको राहत उपलब्ध गराएको छ ।
नेपाली दूतावास रियाद सायदी अरबका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा उक्त देशका विभिन्न स्थानमा कार्यरत रहेका अवस्थामा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकको हकवालाले प्राप्त गर्न सक्ने गरी मृतकको सम्बन्धित कम्पनीले उनीहरुले बुझ्न बाँकी रहेको तलब, भत्ता, सर्भिस बेनिफिट तथा ब्लड मनी उपलब्ध गराएको छ ।
दूतावासका अनुसार साउदी रियाल १४ लाख ५४ हजार ६८७ नेपालस्थित कन्सुलर सेवा विभागमा बैंक ट्रान्सफर्मर गरिएको छ भने दुर्घटनामा दोस्रो पक्षको संलग्नता भई साउदी अरबमा ज्यान गुमाएका नेपाली नागरिकको हकवालाका तर्फबाट त्यहाँका विभिन्न अदालतमा गई दूतावासले बहस पैरवी गर्दै आएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
दूतावासले औरही–३ सिरहका प्रदीपकुमार यादव र खोपीचौरु–८ रुकुमका ढाटे बुढाको परिवारलाई भने क्रमशः एक लाख ५० हजार ब्लड मनी उपलब्ध गराइएको जानकारी दिएको छ ।
[sidebar name="button post"]









