सरकारले होम आइसोलेशनमा बस्न चाहने कोरोना संक्रमितका लागि ताेक्याे मापदण्ड

सरकारले होम आइसोलेशनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । सङ्क्रमित व्यक्ति आफू घरमै बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको हो ।

सङ्क्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, आवश्यक पर्ने सामानहरु परिवारका सदस्यहरुसँग मगाउने  आफूले प्रयोग गरेका भाँडाहरु सुरक्षित सफा गर्नुपर्ने, शाैचालयको छुट्टै व्यवस्था मिलाउनुपर्ने ।

यस्तै दाँत माझ्ने ब्रस लगायतका सामानहरु बाहेक भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नुपर्ने । सङ्क्रमितको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने ।

दीर्घ रोगी, ६० वर्षमाथिका जेष्ठ नागरिक, गर्भवती र सुत्केरी महिलालाई टाढा राख्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

सङ्क्रमितलाई स्वास प्रस्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार नीलो भएमा, होस हराएमा र अन्य जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउन पर्ने ।

[sidebar name="button post"]