Ad #144479
वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उहाँकी श्रीमति कविता केसी महतलाई कोरोना संक्रमण भएको छ ।
वरिष्ठ लोकगायक महतले सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिनुभएको हो । आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको पनि महतले जानकारी दिनुभएको छ।
कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गर्नु भएको छ।