काठमाण्डाै उपत्यकामा थपिए १०६ जना संक्रमित

साउन २३, काठमाण्डाै । काठमाडाैं उपत्यकामा कोरोनाका १०६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १०६ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमध्ये काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना छन् ।