साउन २३,काठमाण्डाै। नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो पटक पाटन अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएसँगै मृतककाे सङ्ख्या ७० पुगेको हाे ।
त्यस्तै पछिल्लाे २४ घण्टामा थप चार सय ६४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । याे सँ गै नेपालमा काेराेना संक्रमितकाे सँख्या २२ हजार २ सय १४ पुगेकाे छ ।