प्रधानमन्त्रीको राजीनामा मात्र समस्या समाधानको विकल्प होईन : रायमाझी

२३ साउन, काठमाडौं। नेकपाका नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामानै सहमतिको अन्तीम कडि नभएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उहाँले अध्यक्ष दाहालले पाँच वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी सचिवालय बैठकमा गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको बताउनुभयो ।

पार्टी एकताताकाको क्रममा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भए पनि पछि उक्त सहमति भएको र सोहीअनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले अहिलो मुलुकको आवसेकतालाइ बुझ्mेर अगिबड्न सुझ्mाव दिनुभयो । नेताहरु पदीय भुमरीमा फसेकामा दुःख व्यक्त गर्दै पार्टीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेकामा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “व्यक्ति नभई पार्टी र सङ्गठन ठूलो र शक्तिशाली हुनुपर्छ ।” सो अवसरमा नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले नेकपा विभाजन भएमा देश संकटमा पर्ने बताउँदै नेपाल र नेपालीलाई बचाउन तथा प्राप्त उपलब्धिको रक्षा गर्न मिलेर जानुको विकल्प नभएको भन्नुभयो ।