काठमाण्डाै उपत्यकाका तीनवटै जिल्ला प्रशासनले अत्यावश्यक सेवामात्र दिने

श्रावण २३, काठमाण्डाै । काठमाण्डाै उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना स‌ंक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ ।

काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार १५ दिन अत्यावश्यक सेवा मात्रै प्रदान गर्ने निर्णय भएको हाे । बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको छ ।

बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा गाडीमा जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।