राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित हुनुुभएको छ । विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा रामनारायण बिडारी, दीगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल निर्विरोध हुनुुभएको हो । सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गर्नुुभएको नामलाई तत् समितिको आजको बैठकले सर्वसम्मतिले अनुुमोदन गरेको हो ।
नवनिर्वाचित सभापति मेघी गुुरुङको प्रस्ताव देवेन्द्र दाहाल र समर्थक तारामान स्वाँर तथा सभापति बिडारीको प्रस्तावक राधेश्याम अधिकारी र समर्थकमा शेरबहादुर कुुँवर हुुनुुहुन्थ्यो भने नवसभापति भट्टको उम्मेदवारको प्रस्तावक दीनानाथ शर्मा र समर्थकमा रमेशजङ्ग रायमाझी तथा सभापति रावलको प्रस्ताव खिमलाल भट्टराई र समर्थकमा अनिता देवकोटा हुनुहुुन्थ्यो ।
चारै जना सभापति यसअघिकै तत् समितिका सभापति हुनुहुन्छ । निर्वाचित चारमध्ये दुई पुरुष र दुई महिला सभापति हुनुहुन्छ । भूगोल र लैङ्गिक पक्षबाट समेत समावेशी चरित्र रहेको राष्ट्रियसभाले खेलेको भूमिका, अघि बढाएको एकता, सहमति र सहकार्यको मूल्य मान्यता गौरव गर्न लायक रहेको भनी प्रशंसा हुँदै आएको छ ।
नवनिर्वाचित सभापति अनुभवी रहनुभएको हुनाले जनता र राष्ट्रको हितको विषयमा प्रखर रूपमा उत्रन सुझाव दिँदै सदस्यहरुले सफल कार्यकालका लागि शुभकामना र बधाई ज्ञापन गर्नुभयो ।