गाईजात्रा सुरु, काठमाण्डौ उपत्यकामा आज सार्वजनिक विदा

रमिता दंगाल

साउन २० भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्व आज शुरु भएको छ । गाइजात्रामा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराइन्छ । यसरी नगर परिक्रमा गराउँदा मृतकको आत्मा गाईको पुच्छर समाई वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास रहेको संस्कृतिविद् ओम धौबडेलले बताउनुभयो ।

राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी आफ्नी रानीलाई अरु धेरैले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन बर्षभरि निधन भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन आदेश दिए अनुसार गाईजात्रा शुरु भएको किम्बदन्ती छ । नेवार समुदायको बसोबास रहेका देशका विभिन्न शहरमा गाईजात्रा मनाइन्छ ।

तर यसपाली कोरोना संक्रमण जोखिम बढ्दै गएकाले सचेत रहन सरकारले आग्रह गरेको छ । भिडभाड नगर्न र धर्मकर्मका कार्यमा तोकिएका भन्दा बढी भेला नहुँन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

गाईजात्रा पर्व काठमाडौँ लगायत भक्तपुर , पाटन ,बन्दीपुर ,जति पनि बनेपा, धुलिखेल, पनौती, दोलखा, खोटाङ, भोजपुर, पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको ठाउंहरुमा धुमधामका साथ मनाइने संस्कृतिविद् धौबडेलले बडेल जानकारी दिनु भयो । भक्तपुरको गाई जात्रा बिशेस हुने पनि उँहाले बताउनु भयो। गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा दिइएको छ ।