थपिए २४६ काेराेना संक्रमित

साउन १८, गएको २४ घण्टामा थप दुइ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार आठ सय ६१ जनाको पीसीआर परिक्षण गर्दा दुइ सय ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै संक्रमति हुनेको संख्या २० हजार तीन सय ३२ पुगेको छ । यस्तै गएको २४ घण्टामा एक सय ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या १४ हजार छ सय तीन पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अब पाँच हजार तीन सय ६२ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।