१८ साउन, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहित चार जना नेताको छलफल निष्कर्षविहीन भएको छ ।
बालुवाटारमा भएको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि सहभागी हुनुभएको थियो । झण्डै तीन घण्टा लामो छलफलमा दुवै अध्यक्षले आ-आफ्नो अडान कायमै राखेपछि कुनै निष्कर्ष निस्कन नसकेको हो ।
केही दिनअघि बोलाइएको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले एकलौटी रुपमा स्थगित गर्नुभए पनि अर्का अध्यक्ष पुष्पकमल दाहालले २९ जना स्थायी कमिटी सदस्यहरु सहित बैठक सुचारु गर्नु भएकोथियो। उक्त बैठकले एकलौटी रूपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बैठक रोक्नु विधान विपरीत भएको निर्णय गरेको थियो । बैठकले अध्यक्ष प्रचण्डलाई ओलीसँग सहमतिमा बैठक बोलाउने जिम्मा दिए पनि दुएको थियो ।