काेराेना संक्रमित १९ हजार ५ सय नाघ्याे

साउन १५ नेपालमा काेराेनाबाट संक्रमित हुनेकाे संख्या १९ हजार ५ सय नाघेकाे छ । अाज २७४ जना थपिएका हुन् । काठमाडौ उपत्यकामा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २÷२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

काठमाडौंका ४१ जना संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १३ जना, शिक्षण अस्पतालमा ४ जना, नेपाल प्रहरी अस्पतालमा ३ जना र स्टार अस्पतालमा २ जनामा संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका २ जना र स्टार अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका २ जनामा संक्रमण देखिएको हो । अाज थप २७४ जनामा संक्रमण पुष्टि भएकाे छ । याे सहित नेपालमा काेराेना संक्रमितकाे संख्या १९ हजार ५ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।