साउन १४, काठमाण्डाै उपत्यकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।काठमाण्डाैमा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार दुइ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार दुइ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै एक सय ४६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएसँगै अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या १४ हजार २१ जना पुगेको छ ।