काेराेना संक्रमितकाे संख्या १९ हजार २ सय नाघ्याे

साउन १४, पछिल्लो २४ घण्टामा दुइ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार दुइ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज एक सय ४६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएसँगै अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या १४ हजार २१ जना पुगेको छ । अहिले नेपालमा पाँच हजार दुइ सय तीन जना विभिन्न आइसोलेसनमा उपचार गराइरहेका छन् ।