हिजो अस्तिको भन्दा आज र भोलि कम पानी पर्ने

साउन ९ , काठमाण्डौ । देशका विभिन्न ठाउँमा आज र भोलि हिजो अस्तिको भन्दा कम पानी पर्ने मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिममा केही पर र पूर्वमा नजिक रहेकाले आज पश्चिमको तुलनामा पूर्वमा अलि धेरै पानी पर्नेछ । तर आज र भोलि हिजोअस्तिको भन्दा कम पानी पर्ने उहाँको अनुमान छ ।

पूर्वमा अलि धेरै पानी पर्ने भएकाले साना ठूला नदीमा एक्कासी बाढी आउन सक्ने भन्दै नदी किनारमा नजान तथा लगातार पानी पर्दा जमिन गलेकाले पहिरोको जोखिम रहेकाले हिँडडुल गर्दा ख्याल गर्न पर्ने मौसमविद् मिनकुमार अर्यालले आग्रह गर्नुभएको छ।