७ साउन, काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथारोहण साउन १० गते शनिबारका दिन हुने भएको छ। साउन १० गते दिउँसोको १२ः१० देखि १२ः२५ को रथारोहणको मुहूर्त जुरेको पाटन तलेजु मन्दिरका पुजारी रक्षण राजोपाध्यायले जानकारी दिए ।
रथारोहण पछि कृष्ण मन्दिर राजोपाध्यायहरूलाई गोदान गर्ने गरिन्छ । औपचारिक रूपमा रथयात्रा भने साँझ ४ बजे तिर गुर्जु पल्टनका सैनिकहरूले बन्दुक पड्काएपछि सुचारु हुन्छ । साउन १० गते पुल्चोकमा रहेको सो रथलाई गाबहाल पुर्याएर विधिवत पूजा गरीन्छ र दोस्रो दिन गाबहालबाट तानेर मंगलबजारसम्म पुर्याइन्छ ।
तेस्रो दिन सुन्धारासम्म र चौथो दिन पनि सुन्धारामा राखी हरेक दिन बिहान र बेलुकी रथमा विधिवत् पूजा गरिन्छ । पाँचौं दिन महाबौद्धमा र त्यसैको भोलिपल्ट लगनखेलमा रहेको रूखमा रथ घुमाएर रथ राखिन्छ । भोलिपल्ट रथलाई लगनखेल चोकमा राखी भैरवको स्वरूप रथको पाङ्ग्रालाई बली दिनुपर्छ ।
बलि दिएपछि भोलिपल्ट महिलाहरूले मात्रै तानेर रथलाई लगनखेल लगिन्छ । फेरी जावलाखेलसम्म तान्ने गरिन्छ र त्यसमो चौथो दिनमा भोटो देखाइन्छ । राजोपाध्यायका अनुसार मत्स्येन्द्रनाथलाई भोटो देखाएकै दिन बेलुका बुंगमती लगी विधिवत् स्थापना गरेपछि जात्रा सम्पन्न हुँन्छ ।
[sidebar name="button post"]