कागेश्वरी मनाेहरा नगरपालिका वडा १ मा रहेकाे काक गंगेश्वरमा पहिलाे पटक गंगा आरती

साउन ५ । काठमाण्डाै । कागेश्वरी मनाेहरा नगरपालिका वडा १ मा रहेकाे काक गंगेश्वर मन्दिरमा पहिलाे पटक गंगा आरती गरिएको छ । काक गंगेश्वर मन्दिर सुन्दरीजलमा साउनकाे पहिलाे साेमबार साउने औशींका अवसरमा आरती गरिएको हाे ।

रसुवाकाे गाेसाइकुण्डबाट पशुपतिनाथसम्मकाे यात्रामा पर्ने १५१ ज्याेतिर्लिङ्गमध्ये १३१ औ ज्याेतिर्लिङ्गका रुपमा काक गंगेश्वरलाइ लिइने स्थानियबासिन्दाकाे भनाइ छ । कागवेनीघाटमा स्नान गरि जल कागेश्वरी मन्दिरमा चढाएपछि मात्र महादेवकाे व्रत पूर्ण हुने विश्वास रहेकाे स्थानीय सुरेन्द ढकालले बताउनुभयाे ।

यसैगरी साउनका सबै साेमबार गंगा आरती गरिएपनि बाकीं महिना भने पहिलाे साेमबार मात्र गंगा आरती गर्ने कागेश्वरी मनाेहरा नगरपालिका १ का वडाध्यक्ष मुकुन्द गजुरेलले बताउनुभयाे । साउनकाे पहिलाे साेमबार देशभरका मठ मन्दिरमा पुजाआराधाना गरिएको छ ।