धादिङमा पहिरोमा परेर एकै परिवारका तीन जनाको ज्यान गयो

धादिङ्गमा सोमबार राति पहिरो जाँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ खबासेमा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको छ ।

पहिरोमा परी मृत्यु हुनेमा २५ वर्षका मिलन खाँड, उनकी श्रीमती २२ वर्षकी सम्झना खाँड र छोरी दुई वर्षकी अञ्जिता रहेका छन् ।

तीनैजनाको शव निकालेर पोस्टमार्टमका लागि सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको गाउँपालिका अध्यक्ष शम्भुकुमार थापाले जानकारी दिए ।