नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या साढे १७ हजार नाघ्यो

साउन ३ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या साढे १७ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका सहित संक्रमितको संख्या १७ हजार ५०२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा देशका विभिन्न अस्पतालबाट १०३ जना संक्रमणमुक्त भइ घर फर्केका छन् ।

अहिलेसम्म संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ११ हजार ६ सय ३७ पुगेको प्रवक्ता गौतमले बताउनुभयो । नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट ४० जनाको मृत्यु भएको छ ।

हाल देशभर २३ हजार २७५ जना क्वारेन्टिनमा र पाँच हजार ८२५ जना आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।