साहित्यकार विष्णुराज आत्रेय ‘लाटो साथी’को निधन

साउन ३ । संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा. डा विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ ।

विसं २००३ पुस २५ गते कपिलवस्तुमा जन्मिएका साहित्यकार लाटो साथीको आज आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो ।

उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । आत्रेयका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

उहाँको पशुपति आर्यघाटमा वैदिक हिन्दू विधिअनुसार अन्त्येष्टि गरिएको छ ।