काठमाण्डौ , वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरुबीच करार सम्झौतामा हस्ताक्षर भएको छ ।
चालु आर्थिक वर्षभरी गरिने कामका विषयमा प्रदेशका सवै मन्त्रालयले गर्ने कामका विषयमा मुख्यमन्त्री पौडेलले आन्तरीक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल, भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलालसँग करार सम्झौता गरेका हुन् ।
प्रदेशका नीति, कार्यक्रम र गर्ने कामको प्रतिवद्धताका लागि सम्झौता गरिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताए । संघीय सरकारले यसअघि नै यसकिसीमको सम्झौता गरिसकेको छ ।