पर्यटक र तीर्थयात्रीको स्वागतमा आतुर पाँचपोखरी

 

अजय खत्री

काठमाडौं । कोरोना महामारीको लकडाउनमा देश ठप्प बनेका बेला पाँचपोखरी ताल भने झन सुन्दर बनेको छ । तीन महिनाको लकडाउनमा त्यति धेरै पर्यटक नपाएको पाँच पोखरी अहिले भने शान्त छ । बर्षौ पर्यटकको भीड र हल्लाको सामना गरेको पाँचपोखरी अहिले भने शान्त मात्रै होइन, सुन्दर र मनमोहक बनेको छ ।

समुन्द्रि सतहबाट चार हजार एक सय मिटरको उचाहिमा रहेको पाँचपोखरी काठमाण्डौ देखि बयासि किलोमीटरमा रहेको छ । बसको यात्रा मार्फत भोताङ्ग सम्म करिब पाँच घण्टामा पुग्न सकिन्छ र त्यस पछि आठ नउ घण्टाको पैदल यात्रा पस्चात पाँचपोखरी पुग्न सकिन्छ ।

सिन्धुपाल्चोकको भोताङमा रहेको पाँचपोखरीको मुख्य विशेषता पाँच वटा तालको संयोजन हो । सँगै रहेको शिवमन्दिरको धार्मिक विशेषता यसको अर्को आकर्षणको बिन्दु हो ।

पाँचपोखरी संरक्षण समितिका संयोजक दलु लामाका अनुसार पाँचपोखरीसदा जस्तै तीर्थयात्रीको स्वागतमा तयार देखिन्छ । उनका अनुसार तीर्थयात्रीको बसोबासमा सहजताका लागि पालिकाले ठाउँअनुसार मूल्यनिर्धारण गरेर व्यवस्थित गरेको छ ।
पर्यटकको चापलाई हेरेर अब हिउँदमा पनि पाँचपोखरीलाई सञ्चालन गर्ने तयारी छ । यसअघि बर्खामा मात्रै तालको सुन्दरता अबलोकन बदि हुदै आएकोमा अबभने हिउँदमा पनि हेर्न पाइने भएको छ ।

पाँचपोखरी सँगै धार्मिक रुपले जोडिएको रैथानेसोरी यतिबेला आकर्षक बनेको छ । कोरोनाका बेला स्वास्थ्य सुरक्षालाई ख्यालमा राखेर मात्रै ताल तथा धार्मिक स्थलमा प्रवेश दिइने रैथानेसोरी संरक्षण समितीका संयोजक शुन्दर सापकोटाले बताए ।
पाँचपोखरी जाँदा अब मास्क, स्यानिटाइजर पनि साथमै बोक्नुपर्ने भएको छ ।