कृष्ण वाग्ले र अनिता धिताल
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले प्राकृतिक विपद्सँगै थपिएको कोरोना महामारी रोकथाममा एक करोड रुपैयाँ खर्च गरेको छ । हरेक बर्ष विपद्का लागि ५० लाख रुपैयाँ बजेट जम्मा हुने भएपनि यस बर्ष कोरोनाले अवस्था फरक पारेपछि झण्डै एक करोड रुपैयाँ खर्च गरेको अनुमान गरिएको छ ।
नगरपालिकाको विपद् व्यवस्थापन कोषका संयोजक राममणि पुडासैनीले यस बर्ष कोरोना महामारीका कारण खर्च ह्वात्तै बढेको बताए । उनका अनुसार बर्षेनी विपद् कोषमा जम्मा गरिएको ५० लाख खर्च गरेर विपदबाट स्थानीयलाई जोगाउने प्रयास गरिन्छ ।
तर यसपटक कोरोना महामारी रोकथामका लागि क्वारेन्टाइन बनाउने, बिरामीलाई उपचार गर्ने र महामारी फैलिनबाट जोगाउनका लागि सन्देश पु¥याउनमा खर्च गरिएको छ । कोषको रकमबाट यस बर्ष मनोहरा खोलामा बाढी आउँदा प्रभावित भएका ३ घर संरक्षण र भद्रवासमा २ वटा ठाउँमा पहिरो रोकथामको काम गरिएको हो ।
संयोजक पुडासैनीका अनुसार हिसाब किताब गर्न बाँकी रहेपनि विपद्सँगै आएको कोरोना महामारीको खर्च एक करोड माथि पुग्ने अनुमान छ । क्वारेन्टाइनमा बसेकाहरु, बिरामी भएकाहरु सबैको खर्च नगरपालिकाले कोषबाटै भुक्तानी दिदै आएको छ । जसकारण खर्च धेरै हुन सक्ने अनुमान गरिएको हो ।
काठमाडौं उपत्यकामा कोरोना देखिदा कागेश्वरीका केही व्यक्ति पनि संक्रमित भएका थिए । संक्रमितको उपचार, सम्पर्कमा रहेका व्यक्तिहरुको निगरानी र संक्रमित भएकालाई क्वारेन्टाइनमा राख्दा खर्च भएको पुडासैनीको भनाई छ ।
[sidebar name="button post"]







