कागेश्वरीमा शहिदपार्क निर्माणको काम तिब्र, दुई टनको कागको प्रतिमा

 कृष्णप्रसाद वाग्ले काठमाडौं ।

कागेश्वरी मनोहरा नगरपालिकाको गागलमा शहिद पार्क निर्माणको काम तिब्र गतिमा अघि बढाइएको छ । कागेश्वरी नगरपालिकाको चिनारीका रुपमा तामा र पितल  मिसाएर निर्माण गरिएको कागको प्रतिमालाई स्थापना गर्ने तयारी छ ।

दुई टन परिमाणको कागको प्रतिमा निर्माण गर्नका लागि पाटनका कालिगढलाई ‘अर्डर’ गरिएको छ । तीन महिनाभित्र कागको प्रतिमा बनि सक्ने नगरपालिकाको वडा नं. १ का वडासदस्य बलराम खड्काले जानकारी दिए ।

उनका अनुसार कागको प्रतिमा निर्माणका लागि बागमति प्रदेश सरकारले ३० लाख रुपैयाँ दिएको छ । ‘पार्क निर्माणका लागि कागको प्रतिमा बनाउन शुरु भइसकेको छ । कागको प्रतिमा निर्माण भएपछि ल्याएर स्थापना गर्ने हो ।’

स्थानीय उपभोक्ता समितिमार्फत निर्माण भइरहेको पार्क बर्षेनी व्यवस्थित गर्दै जाने पनि वडासदस्य खड्काले बताए । नगरपालिकालाई पर्यटकीय दृष्टिकोणबाट पनि चिनाउन तथा रमणीय बनाउन पार्क निर्माणको काम शुरु गरिएको हो ।