काठमाडौं । अभाव, दबाब र चौतर्फी प्रभावका कारण सरकारले सार्वजनिक गाडी चल्न दिने भएको छ । मन्त्रिपरिषद् बैठकले सार्वजनिक गाडी चल्ने दिने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।
सरकारले उपत्यकाभित्रका जिल्लाहरू र अन्य जिल्लाको हकमा एक जिल्लाभित्र मात्र ट्याक्सी तथा सार्वजनिक यात्रुबाहक बस चलाउन दिने निर्णय गरेको हो। यसले एक जिल्लादेखि अर्को जिल्लामा जाने यात्रुको अवस्थाका विषयमा स्पष्ट गरिएको छैन ।
तर गाडी चढ्दा मास्क, स्यानिटाइजरसहित गाडी व्यवस्थापकलाई अहिलेको भन्दा ५० प्रतिशत भाडा दिनुपर्नेछ ।