काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढीमा डुबेर दुई जनाको ज्यान गएको छ । अरु १४ जना हराइरहेका छन । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीमा परेर २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट तीन जनालाई उद्धार गरिएको छ । मृत्तकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुपाल्चोक पठाइदैछ । घाइतेको उद्धारका लागि सभामुख अग्नि सापकोटा आफै हेलिकोप्टरमा सिन्धुपाल्चोक जाने तयारीमा छन ।
सडकबाटोबाट जान मुश्किल भएपछि हेलिकोप्टर लैजाने तयारी गरिएको हो । बाढीले जुरेनजिकबाटै अरनिको राजमार्ग अवरुद्ध बनाएको छ । सडक अवरुद्ध भएपछि आवतजावत पनि बन्द छ ।